विकास सहायता सबैभन्दा बढी स्वास्थ क्षेत्रमा
काठमाडौं । विभिन्न दातृ राष्ट्र तथा निकायले नेपाललाई उपलब्ध गराउने विकास सहायताको सबैभन्दा बढी हिस्सा स्वास्थ क्षेत्रमा लगाएका छन्।
अर्थ मन्त्रालयले हालै सर्वजनिक गरेको रिपोर्ट अनुसार आर्थिक वर्ष २०१९÷२०२० मा प्राप्त कूल अन्तर्राष्ट्रिय विकास सहायतामध्ये १६.१ प्रतिशत स्वास्थ क्षेत्रमा खर्च गरिएको छ।
यस्तै, ११ प्रतिशत वित्तिय पुनरुथान, ७.७ प्रतिशत हाउजिङ, ७.२ प्रतिशत उर्जा र ७ प्रतिशत सडक तथा यातायातमा छ।
प्रतिक्रिया दिनुहोस्