भारतमा एकैदिनमा दुई लाख ३४ हजार संक्रमित नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ सयभन्दा बढीको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको छ भने कुल एक लाख ७५ हजार ६४९ को मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्