कोरोना मुख्यतः हावाबाट फैलने पुष्टि
एजेन्सी। शुक्रबार लेन्सेट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनको रिपोर्टले कोरोना भाइरस मुख्यतः हावाबाट फैलने देखाएको छ। बेलायत, अमेरिका र क्यानडाका सम्बद्ध ६ विशेषज्ञले अध्ययनबाट यस्तो पुष्टि गरेका हुन्। उनीहरूका अनुसार भाइरस हावाबाट फैलने हुनाले नै कोरोनाको उपचारका विभिन्न कदम विफल भएका हुन्। विशेषज्ञहरुले विश्व स्वास्थ्य संगठन तथा अन्य स्वास्थ्य एजेन्सीलाई वायुजनित प्रसार कम गर्न ध्यान दिन पनि अनुरोध गरे।
प्रतिक्रिया दिनुहोस्