१४ दिन क्वारेन्टिनमा नबसे कुम्भमेलाबाट फर्किएकालाई कारबाही हुने काठमाडौं। कोरोना संक्रमणको बढ्दोदरलाई ख्याल गर्दै दिल्ली सरकारले कुम्भ मेलामा सहभागी भएका सबै श्रद्धालुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। आदेशअनुुसार ४ देखि १७ अप्रिलमा कुम्भमेलामा गएका मानिसहरुलाई २४ घन्टाभित्र दिल्ली सरकारको वेबसाइटमा आफ्नो नाम, ठेगाना, फोननम्बर तथा आएको र गएको मिति अपलोड गर्न समेत निर्देशन दिइएको छ। हरिद्वार जानेमध्ये १७०० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्