भारतमा घट्यो रेमडेसिभिरको मूल्य काठमाडौं। कोरोना उपचारमा प्रयोगको स्वीकृति पाएको रेमडेसिभिरको मूल्य घटेको छ। भारतमा सात कम्पनीले उक्त औषधि बनाउँदै आएका छन्। २८०० देखि ५४०० भारुमा बिक्री भइरहेको रेमडिसिभिर ८९९ देखि ३४९० प्रतिइन्जेक्सन तोकिएको छ। भारतको राष्ट्रिय औषधि मूल्य प्राधिकरणले शनिबार उक्त इन्जेक्सनको सहज उपलब्धताका साथै कम मूल्यमा बिक्री गर्न उत्पादकलाई अनुरोध गरेको थियो। सरकारको अनुरोध स्वीकार्दै मूल्य घटाउन तयार रहेको कम्पनीले बताएको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्