परिक्षण गर्नेमध्ये १८ प्रतिशतभन्दा बढीमा कोरोना देखियो
काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना परिक्षण गरिएका मध्ये १८.७७ प्रतिशतको रिपोर्ट ‘पोजेटिभ’ आएको छ। अर्थात, परिक्षण गर्ने प्रत्येक एक सयजनामा १८ जनाभन्दा बढीमा कोरोना संक्रमण रहेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५ हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टीजेन्ट विधिबाट केरोना परिक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये एकहजार ८६ जनामा संक्रमण भएको पाइएको थियो।
प्रतिक्रिया दिनुहोस्