बालबालिकामा कोरोना संक्रमण बढ्दो, एकैदिन ११२ जनामा संक्रमण देखियो काठमाडौं। नेपालभित्र पछिल्ला दिन कोरोना संक्रमण हुने बालबालिकाको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालभित्र ११२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ९ वर्ष मुनिका २१ जना र १० देखि १९ वर्षका ९१ जना छन्। शनिबार यो संख्या ८९, शुक्रबार ८१ र बिहीबार ५२ रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्