कोरोनाको दोस्रो डोज आजदेखि सुरु
काठमाडौं। कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाको दोस्रो डोज आजदेखि सुरु हुँदै ।
पहिलो चरणमा लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो।
पहिलो चरणका चार लाख २९ हजार ७०५ जनाले पहिले लगाएकै खोप केन्द्रबाट ११ गतेसम्म उनीहरुले खोप लिन पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्