कर्णालीमा संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिइने
कर्णाली। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ।
सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको बैठकले सीमानामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिने निर्णय गरेको हो। प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको हो।
प्रतिक्रिया दिनुहोस्