एक डोजमै कोरोना नियन्त्रण गर्ने भ्याक्सिन बनाउँदै जोनसन एन्ड जोनसन काठमाडौं। अहिलेसम्म कोरोनाबाट बच्न प्रयोग हुँदै आएका भ्याक्सिन तीन डोजवाला थिए। अमेरिकी औषधि निर्माता कम्पनी जोनसन एन्ड जोनसनले एक डोजको भ्याक्सिन निर्माणको तयारी गरेको छ। कम्पनीले भारतसँग यस्तो भ्याक्सिनको ट्रायलका लागि स्वीकृति माग गरेको छ। संक्रमण बढ्दै गएपछि भारतले आपतकालीन प्रयोगका लागि सबै विदेशी भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ। कम्पनीको भ्याक्सिनले डब्ल्यूएचओ, अमेरिका, युरोप, जापानलगायतका देशमा स्वीकृति पाइसकेको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्