सरकारको आदेश पालना गरिएन भने लकडाउनमा जान्छौं : स्वास्थ्यमन्त्री काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएन भने फेरि मुलुक बन्दाबन्दीमा जाने बताएका छन्। सङ्क्रमणले स्थिति गम्भीर हुने अवस्थामा पुगेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड तथा सरकारले जारी गरेको आदेशको पालना गरिएन भने फेरि मुलुकलाई बन्दाबन्दीमा धकेल्न बाध्य हुनुपर्ने उनले बताए। आज भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सबै मिलेर नै महामारीलाई परास्त गर्नुपर्नेमा जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्