कोरोनाको दोस्रो लहरबाट बच्न के छ स्वास्थ्य मन्त्रालयको तयारी?
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो लहरको कोरोना महामारीबाट बच्न आवश्यक तयारी थालेको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विगतबाट पाठ सिकेर आवश्यक तयारी थालिएको बताए। चुनौतीको आकलन गर्दै त्यहीअनुसार तयारी थालेको हो। स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने, क्वारेन्टिन, आइसोलेसन, अक्सिनज, आईसीयू सेन्टर, भेन्टिलेटरलगायतको आवश्यक व्यवस्थापन गर्न थालिएको हो। मन्त्रालयले दैनिक ११ हजारजनाको उपचार गर्न सक्ने गरी तयारी थालेको हो।
प्रतिक्रिया दिनुहोस्