असारसम्म दैनिक ११ हजार कोरोना सङ्क्रमित हुन सक्ने
काठमाडौं। असारसम्ममा दैनिक ११ हजारको हाराहारीमा कोरोना सङ्क्रमित हुने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालयले बढ्दो कोरोना सङ्क्रमणको आधारमा त्यो अनुमान गरेको हो। असारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्नेसमेत अनुमान गरिएको छ। अहिलेको नयाँ भेरिएन्टका बिरामी बढेमा यो सङ्ख्या अझै बढ्न सक्छ। सबैले अनिवार्य रूपमा मास्कको प्रयोग गरे पनि यो सङ्ख्या निकै कम हुने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस्