बालबच्चाको बीमामा ५० लाखको सीमा काठमाडौं। अबदेखि बालबालिकाको बीमा गर्दा ५० लाखभन्दा बढीको गर्न नपाइने भएको छ। बीमा समितिले आज बीमा ‘बालबालिकाको बीमालेख’ जारी गर्दै बीमामा ५० लाखको सीमा राखेको हो। यसैगरी, अबदेखि सबै बालबालिकाको समान बीमाङ्कको बीमा गराउनुपर्ने नियम बनेको छ। यसैगरी, बच्चाहरूको जोखिम संरक्षण हुनुअघि मृत्यु भएमा बीमाबापत् लिइएको बीमाशुल्क रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्