प्रमुख नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिने
काठमाडौं। सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सम्बन्धित प्रदेश सरकारको समन्वयमा होडिल्ङ सेन्टर स्थापना गर्नेछ। गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, वीरगञ्ज, रानी तथा काँकडभिट्टालगायतका स्थलगत नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय सरकारले गरेको हो।
प्रतिक्रिया दिनुहोस्