अबको नौ हप्ता निकै सास्ती हुन्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं। कोरोना सङ्क्रमणबाट १४ हप्तासम्म उच्च जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले अबको नौ हप्ता निकै सास्ती हुने जनाएको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार अहिले पाँच हप्ता पार भइसकेको छ भने अबका नौ हप्तामा सङ्क्रमितको सङ्ख्या र मृतकको सङ्ख्या बढ्ने मन्त्रालयले जनाएको छ। असारसम्म कोरोना सङ्क्रमणको दोस्रो लहरमा पुग्ने र त्यसपछि घट्ने सचिव अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस्