आवश्यक परे कोरोना संक्रमितको उपचारमा नीजि अस्पतालका उपकरण र स्वास्थ्यकर्मी परिचालन गरिने
काठमाडौं। आवश्यक परे नीजि अस्पतालका उपकरण तथा जनशक्ति सरकारले प्रयोग गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितलाई उपचार गर्न सरकारी संयन्त्रबाट सम्भव नभए नीजि अस्पताललाई पनि परिचालन गर्ने तयारी रहेको छ। नेपाल सरकारद्वारा जारी निर्देशनअनुसार नीजि अस्पतालले उपचार गर्न नमाने हस्तक्षेप गरेर उपकरणको प्रयोग र स्वास्थ्यकर्मी परिचालन गरिनेछ। यसअघि केही नीजि अस्पतालले विरामीको उपचार नगरेको व्यापक गुनासो आएको थियो।
प्रतिक्रिया दिनुहोस्