कोभ्याक्सिनको दोस्रो डोज लिनेमध्ये ०.०४ प्रतिशतमा कोरोना संक्रमण
काठमाडौं। भारतमा कोभ्याक्सिनको दोस्रो डोज लगाउनेमध्ये ०.०४ प्रतिशतका कोरोना संक्रमण भएको पाइएको भारतको केन्द्र सरकारले पुष्टि गरेको छ। कोरोनाको अर्को खोप कोभिशिल्ड लगाउनेमध्ये ०.०३ प्रतिशतमा संक्रमण भएको छ। १० वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोनाको पहिलो लहरमा पोजेटिभिटी रेट ४.०३ प्रतिशत र दोस्रो लहरमा २.९७ छ। १० देखि २० वर्षकाहरूमा पहिलो लहरमा पोजेटिभिटी रेट ८.०७ प्रतिशत र दोस्रो लहरमा ८.५० छ।
प्रतिक्रिया दिनुहोस्