भारतमा कोरोनाको 'ट्रिपल म्युटेसन भेरिएन्ट' देखियो
काठमाडौं। भारतमा कोरोना भाइरसको ट्रिपल म्युटेसन भेरिएन्ट देखा परेको छ। भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्नुपछि डबल म्युटेसन भेरिएन्टलाई कारण मानिएको थियो। तर अहिले ट्रिपल म्युटेसन भेरिएन्ट देखा परेको छ। जसले भारतको चिन्ता बढाएको छ। भारतीय मिडियाकाअनुसार महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा ट्रिपल म्युटेन्ट भाइरस देखा परेको छ। ट्रिपल म्युटेसन भेरिएन्टमा कोरोनाको तीन स्ट्रेन मिलेका छन्।
प्रतिक्रिया दिनुहोस्