एक हप्तामा मात्रै विश्वमा ५२ लाख कोरोना संक्रमित
एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले लगातार ८ हप्तासम्म कोभिड–१९को स्तर खतरनाक रहेको बताएको छ। पछिल्लो एक सातामा मात्रै विश्वमा ५२ लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। डब्लुएचओका महानिर्देशक टेड्रोस एधानम गेहब्रेससले कोरोना महामारी सुरु भएपछि एक सातामा सर्वाधिक संक्रमित भएको र मृत्युदर पनि बढेको बताएका छन्। यो तथ्यांक परिवार, समुदाय र देशका लागि त्रासदी भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्