नायिका अधिकारी कोरोना संक्रमण मुक्त काठमाडौं। नायिका केकी अधिकारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएको ३ दिनपछि परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो। अहिले आइसोलेसनमा बसिरहेकी नायिका अधिकारीको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ। केही दिन अघि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परिक्षण गर्दा नायिका अधिकारीलाई कोरोना संक्रमण देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्