कोरोनाका विरामीलाई एक मिनेटमा ६० लिटरसम्म अक्सिजन आवश्यक
काठमाडौं। कोरोनाले विरामीको फोक्सोमा असर गर्ने हुनाले अस्पताल भर्ना भएका व्यक्तिलाई अक्सिजन अत्यावश्यक हुन्छ। खासगरी भेन्टिलेटरमा राखिएका विरामीको शरीरमा अक्सिजन अभाव हुन्छ। चिकित्सकहरुकाअनुसार भेन्टिलेटरमा राखिएका विरामीलाई प्रत्येक मिनेट ५० देखि ६० लिटरसम्म अक्सिजन आवश्यक पर्छ। फेसमास्कबाट अक्सिजन दिँदा प्रतिमिनेट पाँचदेखि ६ लिटर, भेन्टिलेटरमा २५ देखि ३० र हाईफ्लो नेजल थेरापीमा ५० देखि ६० लिटर अक्सिजन आवश्यक पर्ने चिकित्सकहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस्