कोरोनाको नयाँ भेरियन्टमा पनि कोभिसिल्ड र कोभ्याक्सिन उपयोगी
एजेन्सी। भारतमा अहिले कोरोनाविरुद्ध कोभिसिल्ड र कोभ्याक्सिन नामक दुई भ्याक्सिन प्रयोगमा ल्याइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले यी दुवै भ्याक्सिन कोरोनाको नयाँ भेरियन्टमा पनि उपयोगी रहेको बताएको छ। नेपालमा भने भारतले कोभिसिल्ड पठाएको हो। आईसीएमआरका अनुसार यी दुई भ्याक्सिन लगाएका व्यक्तिमध्ये निकै कमलाई मात्रै कोरोना सङ्क्रमणले छोएको छ। यसले कोरोनाबाट जोगाउने आईसीएमआरको दाबी छ।
प्रतिक्रिया दिनुहोस्