अस्पताल भर्ना भएको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु
एजेन्सी। भारतका ठूला सहरहरुमा कोरोनाका कारण अवस्था खतरनाक बन्दै गएको छ। संक्रमणका कारण मृत्यु हुनेमध्ये ५–६ प्रतिशतको अस्पताल पुग्नुअघि नै मृत्यु हुने गरेको छ भने अस्पताल पुगेको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु हुने गरेको छ। दिल्ली, मुम्बई, चेन्नई। अहमदाबाद, कोच्ची, लखनउ, चण्डीगढ, रायपुर भोपाल, इन्दौरजस्ता सहरमा अक्सिजनको माग ४० प्रतिशत बढेको छ।
प्रतिक्रिया दिनुहोस्