दिल्लीस्थित गंगाराम अस्पतालमा दुई घण्टालाई मात्रै अक्सिजन, २५ को मृत्यु
बीबीसी। भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालले आफूहरुसँग दुई घन्टाका लागि मात्रै अक्सिजन बाँकी रहेको र भेन्टिलेटरले ठीक ढंगले काम गर्न छाडेको जनाएको छ। अस्पतालले ६० जना गम्भीर बिरामीको जीवन खतरामा परेको जनाएको छ। सो अस्पतालमा २४ घन्टामा अक्सिजनको कमीका कारण २५ जना गम्भीर बिरामीको मृत्यु भएको छ। इमर्जेन्सी र आईसीयूमा पनि मेशिनसहितका भेन्टिलेटरले काम नगरेपछि म्यानुअल भेन्टिलेटरको सहयोग लिएको छ।
प्रतिक्रिया दिनुहोस्