बझाङमा कोरोना संक्रमित पुरुषको मृत्यु
बझाङ। भारतबाट फर्किएका कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ।
जयपृथ्वी नगरपालिकाका ४८ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ। उनी चैत २९ गते भारतबाट फर्किएका थिए। फर्किए लगत्तै परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्