लकडाउनको विरोधमा प्रधानमन्त्रीलाई महिलाका अन्डरवेयर पठाएपछि...
काठमाडौं। फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्स लकडाउनको विरोधमा दैनिक आइरहेका महिलाका अण्डरवेयरका कारण हैरानीमा परेका छन्। हरेक दिन प्राप्त हु्ने पार्सलमा महिलाका अण्डरवेयर र चिठी आएपनि प्रधानमन्त्री कार्यालयले केही गर्न सकिरहेको छैन। यस्ता चिठीमा प्रधानमन्त्रीलाई छिटोभन्दा छिटो बजार खुला गर्न आग्रह गरिएको हुन्छ। कोरोनाका कारण आउटलेट बन्द गरिएका लन्जरी स्टोरका मालिकले महिलाका अण्डरवेयर पठाउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्