बलिउडकर्मीका भेनिटी भ्यान मुम्बई प्रहरीले प्रयोग गर्ने काठमाडौं। कोरोना महामारीका कारण छायांकन बन्द भएपछि भेनिटी भ्यान प्रहरीको सेवाको लागि दिइनेछ। मुम्बईमा लकडाउन जारी भएसँगै छायांकन रोकिएको बेलामा अब बलिउडकर्मीका भेनिटी भ्यान प्रहरीले कामका लागि लैजानेछन्। भेनेटी भ्यानका मालिक केतन रावलले ड्युटी गरिरहेका सुरक्षाकर्मीका लागि प्रयोगका लागि दिने भएका हुन्। अक्षय कुमार, रणवीर सिंह, आलिया भट्टलगायतका बलिउडकर्मीका आधा दर्जन भेनेटी भ्यान प्रहरीको सेवामा खटिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्