झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट
झापा। कोरोनाको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन्।
मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ। विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल, मनमोहन सामुदायिक अस्पताल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्