एक संक्रमितको मृत्यु दाङ। कोरोनाको संक्रमणबाट दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक संक्रमितको शुक्रबार मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो। बैशाख १ गते उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। ती पुरूषमा निमोनियासँगै कोरोना पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्