६९८ स्वास्थ्य संस्था ठडिए
काठमाडौं। २०७२ वैशाख १२ गतेको भूमम्पले क्षतिग्रस्त बनेका १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण कार्य सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अहिले २९६ स्वास्थ्य संस्थाको पुनर्निर्माण जारी रहेको जनाएको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्त ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ। यस्तै प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्