कोरोना फैलिएपछि जापानमा संकटकाल एजेन्सी। जापानी प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना महामारी तीव्र भएपछि संकटकाल घोषणा गरेका छन्। उनले शुक्रबार राजधानी टोकियोसहितका क्षेत्रमा संकटकाल घोषणा गरेका हुन्। पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि जापानमा महामारी तीव्र बन्दै गएको छ। महामारी थप नफैलियोस् भनेर संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। संकटकाल आगामी मे ११ सम्म लागू हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्