ब्राजिलमा एकै दिन करिब तीन हजार जनाको कोरोनाबाट मृत्यु एजेन्सी। ब्राजिलमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट दुई हजार ९१४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयकाअनुसार शुक्रबार उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो। ब्राजिलमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार नाघेको छ। विगत २४ घण्टामा ६९ हजारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म एक करोड ४२ लाखभन्दा बढीलाई संक्रमण भइसकेको मन्त्रालयले जनाएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्