बाँकेको अवस्था भयाबह, भेरी अस्पतालमा एक दिनमा ४ संक्रमितको मृत्यु नेपालग‌‌ंज। बाँकेमा कोरोना महामारीको भयाबह अवस्था आएको छ। खुल्ला सीमा तथा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा संक्रमण ह्वात्तै बढेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी शविराम गेलालले अधिकांश संक्रमित आईसीयू वा अक्सिजन चाहिने खालका रहेको बताए। पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा मात्र ४ संक्रमितको मृत्यु भएको छ। यहि अवस्था रहेको खण्डमा स्थिति नियन्त्रणबाहिर जाने चिकित्सकले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्