कोभिडविरुद्धको दुवै डोज खोप लगाएका डाक्टर नै संक्रमित काठमाडौं। कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल कोरोना संक्रमित भएका छन्। गत माघमा पहिलो डोज लिएका उनले वैशाख ८ गते कोरोनाविरुद्धको दोस्रो डोज लिएका थिए। उनलाई बैशाख ९ गते कोरोना संक्रमण देखिएको हो। "स्वास्थ्य अवस्था सामान्य नै छ। बुधबार दोस्रो डोज लिएको थिएँ। बिहीबार संक्रमण देखियो। सावधानी नअपनाए भ्याक्सिनले पनि बचाउन नसकिने रहेछ," डा.नेपालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्