दिल्लीका केही अस्पतालले लिन छाडे नयाँ बिरामी, अक्सिजनको संकट कायमै
एजेन्सी। अक्सिजन संकटबीच नयाँ दिल्लीका केही अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेका छन्।
जीटीबी, बत्रा, सरोज, जयपुर गोल्डन, मेट्रो र सर गंगारामसहितका अस्पतालले बिरामी भर्ना लिन छाडेका हुन्। अक्सिजन लगिएपनि हरेक दिन बढ्दो मागका कारण अभाव कायमै छ । केही साना नर्सिङ होमले पनि नयाँ बिरामी भर्ना लिन छाडेका छन् भने सामान्य लक्षण भएका बिरामीलाई घर फर्किन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्