भारतलाई मेडिकल सामग्री सहयोग गर्ने पाकिस्तानको चाहाना एजेन्सी। भारतमा कोरोनाका कारण संकट बढिरहेका बेला पाकिस्तानले सहयोग गर्ने चाहाना व्यक्त गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै महामारीको सामना गरिरहेको भारतलाई भेन्टिलेटर, बाइबास मेशिन, डिजिटल एक्स–रे मेशिन, पीपीई किटजस्ता सामग्री सहयोग गर्न चाहेको उल्लेख गरेको छ। विदेशमन्त्री शाह मोहमूद कुरैसीले ट्विटरमा ट्विट गर्दै पाकिस्तानले मानवलाई प्राथमिकता दिने बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्