बाँकेमा कोरोनाबाट १८० जनाको मृत्यु बाँके। बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ। बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्