सार्वजनिक समारोह नगर्न र नगराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं। कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले सार्वजनिक समारोहहरू र कार्यक्रम नगर्न र नगराउन स्वास्थ्य तथा वातावरण मन्त्रालयले निर्देशन गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्ता समारोह र कार्यक्रममा सहभागी नहुन र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने बताएको छ। मन्त्रालयले समाजका अगुवाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्न र संवेदनशील बनेर सहयोग गर्न भनेको छ।
प्रतिक्रिया दिनुहोस्