एक सातामा १० हजारभन्दा बढी संक्रमित थपिए, २९ प्रतिशतभन्दा बढीमा संक्रमण
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामा १० हजार ३३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ। पछिल्लो साता ३५ हजार ६१२ जनाको पीसीआर परिक्षण गरिएको थियो। मन्त्रालयको यो तथ्याङ्कले परिक्षण गरेकामध्ये २९.०१ प्रतिशतमा सङ्क्रमण रहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस्