चिकित्सकको दाबी– यहि गतिमा बढे तीन महिनामा तीन लाख सङ्क्रमित, दैनिक १५० को मृत्यु काठमाडौं। भाइरोलोजिस्ट डा.विराज कर्माचार्यले अहिलेकै गतिमा कोरोना भाइरसको सङ्क्रमण बढे आगामी तीन महिनामा तीन लाख सङ्क्रमित थपिने बताएका छन्। उक्त दरमा सङ्क्रमित थपिए दैनिक १५० जनासम्मको मृत्यु हुन सक्ने उनले जनाए। नेपालमा अहिले परीक्षण गरिएकामध्ये करिब ३० प्रतिशतमा सङ्क्रमण पाइएको उनले बताए। यस्तै रहे भारतको जस्तो अवस्था आउने दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्