तत्काल निषेधाज्ञा हुनसक्ने यी ९ जिल्ला काठमाडौं। सीसीएमसीले सिफारिस गरेको निर्णय जस्ताको त्यस्तै पारित भए काठमाडौंसहित ९ जिल्लामा तत्काल निषेधाज्ञा हुने देखिएको छ। ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु काठमाडौंसहित बाँके, ललिपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङमा हुन्। सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडी क्षेत्रमा २ सयभन्दा बढी संक्रामित भए निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको छ। निषेधाज्ञाबारे अन्तिम निर्णय भने आज बस्ने मन्त्रीपरिषदले गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्