१८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप निःशुल्क : केजरिवाल
एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली सरकारले प्रदेशमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने बताएका छन्। भर्चुअल पत्रकार सम्मेलनमा उनले छिटोभन्दा छिटो खोप उपलब्ध गराउन कोशिस गर्ने बताए । उनले दिल्लीका लागि एक करोड ३४ लाख खोप किन्ने योजना बनाएको बताए। सबैलाई खोप उपलब्ध भएका कोरोनाका कारण कसैको अवस्था गम्भीर नहुने उनको विश्वास छ।
प्रतिक्रिया दिनुहोस्