वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित
काठमाडौं। बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। विभागले आज सूचना जारी गर्दै 'कोभीड-१९ को बढ्दो संक्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले बताए। रासस
प्रतिक्रिया दिनुहोस्