आज एकैदिन आयो दुबईबाट ५ जना नेपाली कामदारको शव काठमाडौं। आज एकैदिन युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट पाँच जना नेपाली कामदारको शव काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ। नेपाल एयरलाइन्समार्फत ती शव काठमाडौं ल्याइएको हो। योसँगै कोरोना महामारी सुरु भएयता विदेशमा मृत्यु भएका ७०९ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याइएको छ। यो अवधिमा युएईबाट मात्र ७६ जना नेपाली कामदारको शव ल्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्