चैतयता गोकर्णेश्वर नगरपालिकामा १११ जना संक्रमित थपिए काठमाडौं। गोकर्णेश्वर नगरपालिकामा चैत १ गते यता हालसम्म १११ जनामा कोरोना संक्रमण देखिएको छ। नगरपालिकाका सूचना अधिकारी टंकनाथ घिमिरेले संक्रमितको पछिल्लो केहीदिनको आँकडा भने प्राप्त नभएको जनाए। नगरपालिकामा कोरोनाका कारण एक जना बच्चाको मृत्यु भएको उनले बताए। नगरको वडा नं. ५ र ६ मा संक्रमितको संख्या बढ्दो छ। सर्वसाधारणले माक्स लगायत अन्य सुरक्षा मापदण्ड नअपनाएको नगरपालिकाले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्