चन्द्रागिरिमा मास्क नलगाए एक घण्टा होल्डिङ सेन्टरमा बस्नुपर्ने काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएपछि चन्द्रागिरि नगरपालिमामा हिजोसम्म १३ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ। नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सर्वसाधरणको सुरक्षालाई ध्यानमा राखी कलंकीलगायतका क्षेत्रमा माक्स वितरण कार्य गरिएको छ। माक्स नलगाउनेलाई एक घण्टा होल्डिङ कक्षमा राख्ने गरेको उनले जनाए। यातायातमा पनि सम्पूर्ण सुरक्षाको मापदण्ड प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु चढाउन निषेध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्