बुढानिलकण्ठमा ८८ जना संक्रमित
काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता बुढानिलकण्ठ नगरपालिकामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाका प्रवक्ता नवराज भट्टराईकाअनुसार संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ। नगरपालिकाको वडा नं. २ मा २५, वडा नं. १० मा १६ र वडा नं. १२ मा ११ जना संक्रमितहरू छन्। भट्टराईले संक्रमितलाई सुरक्षित राख्न थप आइसोलेसनको व्यवस्था मिलाउन लागिएको बताए।
प्रतिक्रिया दिनुहोस्