खाना खाएर १० मिनेट हिँड्नुका यस्ता छन् फाइदाहरू
काठमाडौं। के तपाईं खाना खाएर हिँड्नुहुन्छ ? हिँड्नुहुन्छ भने यो बानीलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ।
चिकित्सकले पनि खाना खाएर १० मिनेट हिँड्डुल गर्न सुझाव दिन्छन्। खाना खाएर हिँड्दा खाना छिट्टै पच्ने र क्यान्सरजस्तो रोगको खतरा पनि कम हुन्छ। एक अनुसन्धानका अनुसार खाना खाएर हिँड्नाले रगतमा सुगरको मात्रा कम गराउँछ। साथै मुटु रोगको खतरा पनि घट्नेछ। नियमित हिँड्डुलले रक्तचाप बढ्न दिँदैन।
प्रतिक्रिया दिनुहोस्