अत्यावश्यक कामबाहेक चल्ने सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक
काठमाडौं। अत्यावश्यक कामबाहेक चल्ने सवारी साधनलाई काठमाडौं जिल्ला प्रवेशमा रोक लगाउने भएको छ।
आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा अत्यावश्यक सामग्री बोकेका ढुवानका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भनिएको छ। आजै वैशाख १६ गतेदेखि एकसातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्